नेप्सेमा महिला लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 09:43:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महिला लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५८.९८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३९७ रुपैयाँ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । मंसिर १५ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउने छन् ।  

कम्पनीले मंसिर २२ गते  साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved