नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 08:41:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय सँस्थाको शेयर मूल्य समायोजन भएको छ।  यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । 

शाइन रेसुङ्गाको १०.९३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ ।  समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४८ रुपैयाँ रहेको थियो ।  

त्यस्तै सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५०४.०१ रुपैयाँ कायम भएको छ ।  समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९७१ रुपैयाँ रहेको थियो ।  

 शाइनले यहि मङ्सिर २९ गते आफ्नो १३ औं बार्षिक साधरणसभा डाकेको छ। यसका लागि शाइनले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर १६ गतेसम्म कायम सेयरधनिहरुले मात्रै साइनको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्। 

शाइनले आर्थिक बर्ष २०७७-०७८ बाट ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश रहेको छ।

साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ। यस अवधिमा शाइनको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ। बोनस सेयर वितरण पश्चात चुक्तापुंजी ३ अर्ब ७८ करोड पुग्नेछ।  

त्यस्तै सबैको लघुवित्त वित्तीय सँस्थाले पुष ३ गते आफ्नो ५ औं बार्षिक साधरणसभा डाकेको छ। यसका लागि लघुवित्तले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर १६ सम्म कायम सेयरधनिहरुले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लोन पाउनेछन्। 

सबैको लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव साधरणसभाबाट पारित भए पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। यस पटकको साधारणसभा निर्वाचन सहितको हुने हुनाले संस्थागत सेयरधनिहरुबाट ४ जना संचालक चयन हुनेछन्।  हाल लघुवित्तको चुक्तापुंजी २० करोड ६० लाख २७ हजार छ। लाभांश वितरण पश्चात चुक्तापुंजी २७ करोड पुग्नेछ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved