पिपुल्स हाइड्रोको आईपिओ बिक्रि नभए नागरिक लगानी कोषले सकार्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 02:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको तयारीमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता चयन गरेको हो ।

प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा पिपुल्स हाइड्रोको तर्फबाट  प्रवन्ध संचालक केशव बहादुर रायमाझी तथा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार यदि कम्पनीले निष्काशन गर्ने आइपिओ पुनर रुपमा बिक्रि नभएमा बिर्की नभएको आईपिओ नागरिक लगानी कोषले खरीद गर्ने छ । 

कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशन प्रस्ताव पारित गर्न  मङ्सिर २३ गते क्वालिटी बैंक्वेट बुद्धनगरमा साधारणसभा आह्वान गरेको छ।  सभामा आईपिओ निष्काशन गर्ने तथा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव पारित हुने छ ।

सभामा  सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ,  आ.व. २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने , आ.व. २०७८।०७९ को लागी लेखा परिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ख) (ग) (घ) संशोधन तथा दफा ८ मा उपदफा (३) थप र नियमावलीको नियम २८ संशोधन गर्ने, सर्वसाधारण शेयर (IPO) जारी गर्ने , आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने , सर्वसाधारण शेयर जारीवाट प्राप्त हुने रकम पूँजी उपयोग गर्ने सम्बन्ध र पिपुल्स हाइड्रोपावर कम्पनी लि.मा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छन्। सुपर दोर्दी इन्भेष्टमेन्टले पिपुल्स हाइड्रोमा गाभिने प्रस्ताव सहित मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ । 

पिपुल्स हाईड्रोपावर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी यस आयोजना निर्माण गरिरहेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved