सनराइज बैंकको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2021 | 10:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १५ गते बिहिबार बालुवाटार स्थित आम्रपालि ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्ताव :

१. अध्यक्षज्यको मन्तव्य सहतिको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंक तथा बैंकको सहायक कम्पनी साइज क्यापिटल लिमिटेडको आ व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने । (वर्तमान लेखापरीक्षक चार्टर्ड एकाउण्टेण्ट श्री गोपाल प्रसाद राजबाहक (जी.पी, राजबाहक एण्ड कम्पनी) पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ)।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम रु. ३,३२,०७८०५/७५ (अक्षरेपी तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ र पैसा पचहत्तर मात्र। (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि वितरण गर्न स्वीकृत गर्ने ।


 विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम रु. ६३,०९,४८,३०९/२१ (अक्षरेपी त्रिसट्टी करोड नौ लाख अड्चालीस हजार तीन सय नौ रुपैयाँ र पैसा एक्काईस मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।

२. बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई निम्नानुसार बृद्धि गरी प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

क) हालको अधिकृत पूँजी रु १०००,००,००,०००/- (अक्षरेपी दश अर्ब रुपैयाँ मात्र लाई बृद्धि गरी रु. १५,००,००,००,०००/- (अक्षरेपी पन्ध अर्ब रुपैयाँ मात्रः पुर्याउने।

ख) बोनस शेयर वितरणबाट बैंकको हालको जारी तथा चुक्ता पुँजी रु. ९,४८,७९,४४,४९९/३९ (अक्षरेपी नौ अर्ब अड्चालीस करोड उनानअस्सी लाख चौवालीस हजार चार सय उनान्सय रुपैयाँ र पैसा उनान्चालीस मात्र लाई बृद्धि गरी रु. १०,११,८८,९२,८०८.६० (अक्षरेपी दश अर्ब एघार करोड अठासी लाख बयानब्बे हजार आठ सय आठ रुपैयाँ र पैसा साट्टी मात्र) पुर्याउने ।

३. नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा संचालकले संचालक समितिको वैठकमा उपस्थित भए बापतको भत्ता तथा संचालक समितिका सदस्यहरुका लागि भारत बाहेकका मुलुकमा भ्रमण गर्दा प्रदान गरिने दैनिक भ्रमण भत्ता तथा मोबाईल टेलिफोन पत्रपत्रिका खर्च वापत मासिक रकम बृद्धि गर्न नियमावलीको सम्बन्धित नियममा संशोधन गर्न स्वीकृत गर्ने ।

४. सन्राइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

५. बैंकको प्रबन्धपत्र नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि। कनै फेरबदल, थपघट गर्न निर्देशन वा सझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved