सिभिल बैंकले मङ्सिर २४ देखि ऋणपत्र निष्काशन गर्ने, १०.२५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 08:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  । 

जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस ९ गतेसम्ममा आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २४ गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । 

बैंकले ऋणपत्रको लागि  नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ  ।  जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।  प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved