७२.३० अंकले घट्यो नेप्से सूचक, लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 03:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से २.८० प्रतिशतले घटेको छ । आज सूचक ७२.३० अंकले घटेर २५१३.८८ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नेशनल हाइड्रोको सबैभन्दा धेरै २८ करोड ६२ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १७ करोड २२ लाख, नेपाल टेलिकमको १६ करोड ६८ लाख तथा नबिल बैंकको १६ करोड ५ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ४.५४ प्रतिशतले घटेको छ । त्यस्तै ट्रेडिङ समुह ४.२९ प्रतिशतले घटेका छ भने विकास बैंक समुह ४.२७ प्रतिशतले घटेको छ 

आज न्यादी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नयाँ सारथी लघुवित्तको शेयर मूल्य ४.०४ प्रतिशत तथा मैलुंग खोलाको शेयर मूल्य ३.८१ प्रतिशतले बढेको छ । आज आईसीएफसी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ८.३२ प्रतिशतले घटेको छ भने सबैको लघुवित्तको शेयर मूल्य ८.१७ प्रतिशत तथा कर्णाली डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ६.८९ प्रतिशतले घटेको छ । 

आज एकै दिन बजार पुँजीकरण १ खर्बले घटेको छ  । आजको कारोबार सुरु हुनु अगाडी ३६ खर्ब ३५ अर्ब रहेको बजार पुँजीकरण आजको कारोबार पछि घटेर ३५ खर्ब ३४ अर्ब पुगेको छ  ।  बजार पुँजीकरणको आधारमा लगानीकर्ताले आज एकै दिन १ खर्ब भन्दा बढी रकम गुमाएका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved