अनलाइनबाटै एनआईबिएल सहभागिता फण्डको इकाई खरीद बिक्रि गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 11:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीबाट खरीद बिक्रि गर्न सकिने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल एस क्यापिटलले मङ्सिर १९ गते आइतबारबाट अनलाइन कारोबार प्रणालीबाट योजनाको इकाई खरीद बिक्रि गर्न सक्ने ब्यबस्था गरेको हो ।

यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका आवश्यक पूर्वाधार निर्माण गरी अनलाइन कारोबार प्रणाली सुरु गरिएको क्यापिटलले जनाएको छ  ।  https://mutualfund.niblcapital.com/ मार्फत यो सेवा लिन सकिने क्यापिटलले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved