पूँजीबजार सुधारको लागि अम्बिका पौडेलको नेतृत्वमा बन्यो कार्यदल, यस्ता छन् माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 08:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजारमा देखिएका समस्या समाधानको लागि एकतावद्ध प्रयास गर्ने उदेश्यले पूँजी बजार सुधार अभियान सुरु भएको छ । लगानीकर्ताहरुको आज सम्पन्न भेलाले एकतावद्द र सामुहिक ढंगले माग पुरा गर्नको लागि कार्य गर्ने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल समेत गठन गरेको छ ।

के के छन् माग ?

१. शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाईएको सिमा पूर्ण रुपमा हटाउनु पर्ने ।

२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने ।

३. पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकि कामहरु तत्काल गर्नु पर्ने ।

यी ३ मागहरु सम्पन्न भई पुँजी बजार सम्बन्धि नीति, नियम, प्रविधि , र पूर्वाधारको सुनिश्चितता नभएसम्म एकतावद्द र सामुहिक ढंगले लागिरहनको लागि भेलाले अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल गठन गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved