सेयरबजार सुधारको लागि अम्बिका पौडेलको नेतृत्त्वमा 'महासंघ' बन्ने, अर्थ मन्त्रालयबाट पहिलो पहल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 08:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजार सुधारको लागि सेयरबजारका सबै सरोकारवाला अटाउने गरि अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा महासंघ खोल्ने निर्णय भएको छ। पुंजीबजार सुधारका लागि महाअभियान नाम दिईएको 'समुह' ले आज एक कार्यक्रमको आयोजना गरि यस्तो निर्णय गरेको हो। 

कार्यक्रममा उपस्थित लगानीकर्ता निर्मल प्रधानको प्रस्ताव तथा सुझावमा अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा महासंघ खोल्ने निर्णय भएको यस अभियानका सदस्य नयन वास्तोलाले बिजपाटीलाई बताए। उनकाअनुसार आजको कार्यक्रममा अधिकांश लगानीकर्ता फोरमका पदाधिकारीहरु र सेयरबजारका सरोकारवालाहरुकोउपस्थिति रहेको थियो। 

त्यस्तै आजको उक्त कार्यक्रम मार्फत बिभिन्न पाँच बुंदे माग समेत अगाडी सारिएको छ।  सेयर दलाल (ब्रोकर) मार्फत मार्जिन लेन्डिंङको व्यवस्था कार्यान्वयनमा नआउँदासम्मका लागि सेयरधितो कर्जामा लगाइएको ४ र १२ करोडको सिमा पूर्ण रुपमा हटाउनुपर्ने लगायतका बिभिन्न ५ बुंदे माग अगाडी सारिएको हो। 

त्यस्तै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको नेतृत्व चयन क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल हुनुपर्ने, पुंजीबजार सुधारका लागि ३ बर्ष अगाडी अर्थमन्त्रालयले तयार गरेको ५८ बुंदे घोषणा कार्य्वानवयन हुनुपर्ने लगायतका मागहरु रहेका छन्। 

'महासंघ' बनाउने तयारीको लागि आयोजना गरिएको कार्यक्रममा सहभागीहरु

सेयरबजार सुधारका लागि व्यक्तिगत रुपमा काम गर्दा तथा बिभिन्न फोरम मार्फत काम गर्दा प्रभावकारी नभएपछि सबै फोरम तथा सेयरबजारका सरोकारवालाहरु अटाउने गरि महासंघ खोल्ने निर्णय भएको र त्यसको नेतृत्त्वको लागि आफुलाई अगाडी सारिएको अम्बिका पौडेलले बिजपाटीलाई  बताए।सेयरबजारको सुधार तथा बिकासको लागि बन्ने यस महासंघले पहिलो पहल अर्थमन्त्रालयबाट गर्ने उनले जनाएका छन्।  

पछिल्लो समय सेयरबजारका सुधारका लागि अनौपचारिक छलफल धेरै भएपनि यसले औपचारिक रुप लिन नसकेपछि गत साता शनिबार भृकुटीमण्डपमा बसेको एउटा छलफलले एउटा औपचारिक कार्यक्रम गर्ने र त्यहिबाट महासंघको घोषणा गर्ने निर्णय गरेको हो। आगामी शुक्रबार राखिएको उक्त कार्यक्रमको आयोजनाको लागि सहजीकरणको लागि भृकुटीमण्डपमा बसेको छलफलले ५ सदस्यीय तदर्थ समिति बनाएको थियो। उक्त समितिमा रोहन कार्की, नयन बास्तोला, गोपाल स्वामी, रमेश कुमार ढकाल लगायत रहेका छन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved