नेप्सेमा नेपाल बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 08:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल बैंक Nepal Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बुक क्लोज भएको हो  ।

कम्पनीको १४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ  । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४३१.७० रुपैयाँ थियो  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  बैंकले पुस २ गते शुक्रबार धर्मपथ स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव हरु : 

क. सामान्य प्रस्तावहरू :

१. आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१२,६३,६७,५८,६२४/- को ३ (तीन) प्रतिशतका दरले हुन आउने रु.३७,९१,०२,७५८/७२ (अक्षरूपी सैंतीस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठाउन्न रूपैयाँ र बहत्तर पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव 

१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१२,६३,६७,५८,६२४/- को १४ (चौध) प्रतिशतका दरले हुन आउने रु.१,७६,९१,४६,२०७/३६ (अक्षरूपी एक अर्ब छयहत्तर करोड एकानब्बे लाख छयालीस हजार दुई सय सात रूपैयाँ र छत्तीस पैसा मात्र) रकम बराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु.१४,४०,५९,०४,८३१/३० (अक्षरूपी चौध अर्ब चालीस करोड उनन्साठी लाख चार हजार आठ सय एकतीस रूपैयाँ र तीस पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने ।

२. बैंकको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved