
प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले पुष ६ गते मंगलबार आफ्नो चौधौं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
प्राइम कमर्शियल बैंकले चुक्तापुंजीको १६ प्रतिशतले हुन आउने २ अर्ब ५७ करोड रुपैयाँ बोनस सेयरको र चुक्तापुंजीको ०.६३१३ प्रतिशतले हुन आउने १० करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाने छ। बैंकले साबिकको कैलाश विकास बैंकलाई प्राप्ति गरेकाले २०७६ फागुन २९ सम्म कायम सेयरधनीहरुलाई लाभांशमा कर छुट हुनेछ।