आईपिओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 09:19:31 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १५ गते काभ्रेको साँगा स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

 सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब लगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन् । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य उपयुक्त स्नास्थासँग गाभ्ने, गाभिने, प्राप्ति गर्ने लगायतका कार्यको लागि आवश्यक निर्णय र कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा कुनै लघुवित्तको संस्था खरीद गर्नु परे वा अफ्नो शाखा बिक्रि गर्नु परे त्यस समबन्धि  निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । 

कम्पनीले यस अघि नै आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने  प्रभु क्यापिटललाई अन्डरराइटर नियुक्त गरेको छ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ  । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २६ करोड पुग्ने छ  । लघुवित्तमा नेपाल ग्रामिण विकास संस्था, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको समेत लगानी छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved