साना किसान विकास लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 10:47:36 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको लाभांश र वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

 कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved