एनआईबिएल एस क्यापिटलले सुरु गर्यो च्याटबट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 03:06:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नाग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्नेमा एनआईबिएल एस क्यापिटल विश्वस्त रहेको छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली  मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना० का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved