नेप्सेमा प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 08:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

बैंकको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनापछि बैंकको शेयर मूल्य प्रति कित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता ४४३ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले पुष ६ गते मंगलबार आफ्नो चौधौं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । 

प्राइम कमर्शियल बैंकले चुक्तापुंजीको १६ प्रतिशतले हुन आउने २ अर्ब ५७ करोड रुपैयाँ बोनस सेयरको र  चुक्तापुंजीको ०.६३१३ प्रतिशतले हुन आउने १० करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाने छ। बैंकले साबिकको कैलाश विकास बैंकलाई प्राप्ति गरेकाले २०७६ फागुन २९ सम्म कायम सेयरधनीहरुलाई लाभांशमा कर छुट हुनेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved