१०० प्रतिशत लाभांशमा ग्लोबल आइएमई समुन्नत योजना १ को मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 08:46:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आइएमई क्यापिटल Global IME Capital  ले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना  ग्लोबल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1  को इकाई मूल्य समायोजन भएको छ  । योजनाले लाभांश वितरण प्रयोजनको लागि आज मङ्सिर २२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।

योजनाको इकाई १०० प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो  । समायोजनपछि प्रति इकाई मूल्य १०.८८ रुपैयाँ कायम भएको छ  । समायोजनअघि प्रति इकाई मूल्य २०.८८ रुपैयाँ थियो  । 

योजनाले लाभांश वितरण प्रयोजनको लागि आज मङ्सिर २२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २१ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।  योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटले  ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ । यो आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved