एकर्ड फर्मास्युटिकल्सले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 02:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एकर्ड फर्मास्युटिकल्स लि. ले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । 

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलबार शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको  हो ।  ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा भएको सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लि.को  को तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । 

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ४ लाख ८० हजार  कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । अधिकृत पुँजी रु. ६५ करोड र जारी पुँजी रु. ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामाग््रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved