नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मङ्सिर २३ गते बिहिबार २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज २३ गते बुक क्लोज गर्ने निर्णय गरेका आईसिएफसी फाइनान्स र स्वाभिमान लघुवित्तको मूल्य समायोजन भएको हो ।
आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६३९.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७०३.८० रुपैयाँ थियो ।
त्यस्तै स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९१९.८८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २५४० रुपैयाँ थियो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
आईसिएफसि फाइनान्स ICFC Finance ले पुस ५ गते सोमबार आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ । बैंकको हालको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँ छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ;
सामान्य प्रस्ताव
१. आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।
३. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पाजीको ४ प्रतिशतका दरले हुने नगद लाभांश रु.४,०९,७०,६३२/- ( अक्षेरुपी चार करोड नौ लाख सत्तरी हजार छ सय बत्तिस मात्र ) (बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने।
४. लेखापरीक्षण समितिको सिफारीस बमोजिम आ.व. २०७८/७९ को लागि बाह्य लेखा परीक्षक नियुक्त तथा निजको पारीश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बाहालवाला लेखापरीक्षक एस.ए.आर एण्ड एसोसिएट्स पुनःनियूक्ति हुन योग्य हुनुहुन्छ ।
.विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने रु.१०,२४,२६,५८०/-( अक्षेरुपी दश करोड चौबिस लाख छब्बिस हजार पाँच सय असि मात्र ) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र बोनश शेयर जारी गर्दा वित्तिय संस्थाको प्रस्तावित जारी तथा चुक्ता पुँजीको भिन्न अंकलाई रु. १००/- ले बिभाजन हुने पुर्ण अंकमा समायोजन गरी जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही अनुसार प्रबन्धपत्र संशोधनलाई स्वीकृत गर्ने ।
२. कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायवाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।
त्यस्तै स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha ले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
क. सामान्य प्रस्तावः
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।
(३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।
(४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने ।
(५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने।
(६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे ।
ख. विशेष प्रस्तावः
(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने ।
(२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।
(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे ।
(४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।
(५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
(६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।