नारायणी डेभलपमेन्ट बैंकको शत प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 08:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज मङ्सिर २३ गते अन्तिम दिन रहेको छ। बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ ग  बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन्।

बैंकले पुस ७ गतेदेखि हकप्रद निष्काशन गर्ने छ । बैंकले १:१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बैंकले मङ्सिर ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved