आज ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 08:38:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर २३ गते बिहिबार ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका लक्ष्मी बैंक र समता घरेलु लघुवित्त तथा मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेका नेरुदे लघुवित्त र रिलायन्स लाइफ  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २३ गते अन्तिम दिन रहेको हो । 

लक्ष्मी बैंकले पुष ८ गते आफ्नो २१ औं बार्षिक साधारणसभा गर्न लागेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २३ सम्म कायम सेयरधनिहरुले मात्रै बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्। बैंकको साधारणसभाको एजेन्डामा प्रस्तावित लाभांश स्वीकृति गर्ने लगायतका बिषयहरु रहेका छन्। बैकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।  हाल बैंकको चुक्तापुंजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ।  

समता घरेलु लघुवित्तले पुस ७ गते आफ्नो आठौँ बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।  मङ्सिर २३ गतेसम्म कायम सेयरधनिहरुले समताले गत आर्थिक बर्षको घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन् ।  समताले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। समताको चुक्तापुंजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्तापुंजी ३४ करोड नाघ्नेछ। घरेलु लघुवित्तसँगको मर्जर पश्चात समताले यहि बैशाखबाट एकीकृत कारोबार थालेको हो। त्यसैले लाभांशको लागि सेयरधनीहरुले कुनै लाभांश कर तिर्नुपर्ने छेन। त्यस्तै एजिएमको अर्को एजेन्डामा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ। हाल समतामा रहेको संस्थागत ७० र सर्वसाधारणको ३० प्रतिशतको सेयर संरचना परिवर्तन गर्ने कम्पनीको लक्ष्य छ।  त्यस्तै साधारणसभाको अर्को महत्त्वपूर्ण एजेन्डा बनेको संस्थागतबाट ४ जना र सर्वसाधारणबाट २ जना संचालक नियुक्त गर्ने कार्यक्रम रहेको छ। 

नेरुदे लघुवित्तले पुस १० गते साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो  । यस संगै मङ्सिर २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  कम्पनीको साधारणसभामा सभामा लाभांश सहितका प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३८ लाख ७७ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले पुस ११ गते साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हेन छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको  नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

(क) सामान्य प्रस्ताव:
१. सञ्चालक समितिको आ.ब.२०७६/७७ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३. कम्पनीको आ.ब.२०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताब गरे बमोजिम प्रति शेयर रु.५.२६३२१- अर्थात रु. ११,०५,२७,२००/- नगद लाभांश (प्रस्तावित नगद लाभांश बापतको कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

५. संचालक समितिमा साधारण शेयरधनी समूह(ख)बाट प्रतिनिधित्व गर्ने (दुई) जना संचालकको निर्वाचन गर्ने ।

(ख) बिशेष प्रस्ताव
१. कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने ।

२. कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. कम्पनीले आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७,५०,०००/- कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved