१०० प्रतिशत हकप्रदमा नारायणीको मूल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 09:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो 

बैंकले हकप्रद निष्काशनको लागि आज मङ्सिर २४ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन्।

१०० प्रतिशत हकप्रदमा मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ८५६ रुपैयाँ रहेको थियो ।

बैंकले पुस ७ गतेदेखि हकप्रद निष्काशन गर्ने छ । बैंकले १:१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बैंकले मङ्सिर ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved