शेयर लगानीकर्ता हरि ढकालले पुँजीबजारको स्थायीत्वको लागि अन्तिम आन्दोलनको लागि आह्वान गरेका छन् । आफुहरुलाई बजार घट्दा मात्र आन्दोलन गरेको आरोप लाग्ने गरेको बताउदै उनले अब अन्तिम आन्दोलन मात्र हुने बताएका हुन् ।
पुँजीबजारको संकट र समाधानको सुत्रहरु विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले पुँजीबजारको लागि आजसम्म पनि स्थायी नीति नआएकोले आन्दोलन गर्नु परेको बताए । विश्व सन्दर्भमा हेर्दा हालसम्म बंगलादेशमा मात्र पुँजीबजारको विषयलाई लिएर आन्दोलन भएको र त्यस बाहेक विश्वको कुनै पनि देशमा लगानीकर्ताहरु आन्दोलित नभएको उनले बताए । तर नेपालमा भने आजका मितिसम्म पनि पुँजीबजारको लागि स्थायी नीति नभएकोले पटक पटक आन्दोलन गर्नु परेको उनको भनाई थियो ।
आन्दोलन कै जगमा ५८ बुँदे प्रतिवेदन तयार भएको भएपनि कार्यन्वयनको पाटोमा झुटा आश्वासन मात्र पाएकोले फेरी आन्दोलन गर्नु परेको उनले बताए । आजसम्म पनि नेपालले एक जना पनि पुँजीबजार बुझेको अर्थ मन्त्री नपाएकोले चुनावी घोषणापत्र मै पुँजीबजारको विषय समेटर चुनावमा आउँन उनले आग्रह गरेका छन् । उनले भने 'अब बन्ने अर्थमन्त्रीले पुँजी बजारको विषयमा मैले यो यो गर्छु भनेर घोषणापत्रमा लेखेर आउनु पर्यो' । पुँजीबजार बुझेको अर्थमन्त्रीले पुँजीबजारको लागि स्थायी नीति बनाईदिएको भए आन्दोलन गर्नु पर्ने अवस्था नै नआउने उनको भनाई छ ।
सबै छरिएर रहेका पुँजीबजारका लगानीकर्ता र संघ संगठन एक ठाउमा आएकोले अब अन्तिम आन्दोलन हुने बताए । बजार घटाउन वा बढाउँनको लागि नभई बजारको लागि स्थायी नीतिको लागि आन्दोलन हुने उनले बताए । उनले कर्याङकुरुङ चरा जस्तै धैर्य भएर अन्तिम पटकको लागि आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।