अर्थमन्त्री र गभर्नर पनि पुँजीबजार मै आउने हुन्, हाम्रो माग पुरा हुन्छ हुन्छ : निर्मल प्रधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 02:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता निर्मल प्रधानले पुँजीबजारका लगानीकर्ताले राखेको मागहरु एक न् एक दिन पुरा हुनै पर्ने बताएका छन् । पुँजीबजारको संकट र समाधानको सुत्रहरु विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले उनले आफुहरुले केहि मागेको नभई आफ्नो अधिकार मात्र खोजेको बताए । तत्काल माग पुरा नभएमा पनि धैर्यता गुमाउन नहुने उनको भनाई थियो । अहिले आफुहरुले बजार सुधार गर्न सक्ने त्यसको लाभ आगामी पुस्ताले लिने उनले बताए 

अर्थ मन्त्री र गभर्नर पनि केहि वर्षको लागि मात्र सो पदमा रहने र त्यसपछि उनीहरु पनि पुँजीबजार मै फर्कने भएकोले कोहि पनि पुँजीबजार विरोधी नभएको उनले बताए । लगानीकर्ता मात्र बजारमा स्थायी रुपमा रहने र कार्यकाल सकिएपछि उनीहरु पनि पुँजीबजार मै लगानीकर्ताको रुपमा उनको भनाई थियो । 

उनले हरेक बैंकको शाखाले शेयर लोन दिनको लागि शाखामा छुट्टै डेस्क संचालन गर्नु पर्ने माग गरेका छन् । सानो लगानीकर्ताले बैंकका अध्यक्ष र सीइओसम्म पहुँच राख्न नसक्ने भएकोले उनीहरुको हितको लागि हरेक शाखाले छुट्टै डेस्क संचालन गर्नु पर्ने माग गरेका छन् । उनले आफ्ना मागहरु पुरा नभए कानुनी लडाई लड्न समेत तयार रहेको बताएका छन् । 

उनले बढी आयकर गर्नेलाई सरकारले सम्मान गरे जस्तै बढी पुँजीगत लाभकर तिर्नेलाई पनि सम्मान गर्नु पर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved