माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको लगानी उद्योग वा उत्पादनमा नभई पुँजी मै हुन थालेको बताएका छन् । पहिले पहिले पुँजीको लगानी उद्योग वा उत्पादनमा हुने गरेको त्यहाँबाट आउने नाफाबाट पुँजीपतिले लिने गरेको तर अहिले भने पुँजीको लगनी पुँजी मै हुने गरेको बताए ।
उनले यसलाई भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीबादको संज्ञा दिएका छन्। र यस बिरुद्द लड्ने जिम्मा अहिलेको कम्युनिष्टलाई आएको बताएका छन् । शनिवार माओवादी केन्द्रको प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो भनेका हुन् ।
उनले भने 'धितोपत्र बोर्ड, सट्टाबजार. आइएमएफ, विश्व बैंक , एसियाली बैंक साम्राज्यवादका विकसित रुपहरु हुन् । यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडी बढाउने र नाफा सोहोरेर संसारका केहि सिमित पुँजीपतिहरुको हातमा संसार कै धन एकठ्ठा गर्ने, र विश्वका अत्यधिक धेरै , ८० प्रतिशत जनसंख्यालाई भोको नाङ्गो राख्ने प्रणाली हो यो । पुँजीको लगानी अब उत्पादनमा हुदैन, सट्टाबजारमा हुन्छ, धितोपत्रमा हुन्छ, बैंकहरुले पुँजी सिधै घरजग्गा किनबेचमा लगाउछन् । घरजग्गा कारोबारबाट अरवौ अरवौ पैसा थुप्रिने भएकोले विश्वभरी नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। मजदुरको कटौती हुन थाल्यो । अब हामीले यो सँग लड्ने तरिका खोज्नु छ । '