माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 09:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन भएको छ । क्यापिटलको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर कम्पनी रजिष्ट्रारमा स्वीकृतिको लागि पठाएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर २३ मा स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । 

यस संगै अब कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र कायम रहने छ ।  माछापुछ्रे क्यापिटलले करिब डेढ बर्ष अगाडी मात्रै कृति क्यापिटलसँग मर्जर गरि माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार गर्दै आएको हो। अब भने नामबाट कृति हटेको छ । 

यस कम्पनीले २ साता अघि मात्र १ अर्ब रुपैयाँ लगानी व्यवस्थापन पुर्याउन सफल भएको थियो। क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिई बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको हो। 

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved