खप्तड लघुवित्तले आईपिओ निष्काशन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 10:28:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणको शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा  खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।  

खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved