नेप्सेमा सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 12:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो ।

१२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार बह्येको छ ।

सूचक ५ प्रतिशतले बढे संगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ । हालको सर्किट ब्रेकको नियम अनुसार  पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved