पूँजी बजार सुदृढीकरण बृहत कार्यदलद्वारा अर्थमन्त्री सँग छलफल, के के भए कुराकानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 04:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलको रुपमा यस कार्यदलले आज मन्त्री शर्मासँग छलफल गरेको हो  ।

कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले मन्त्री शर्मासंग अर्थ मन्त्रालयमा भेट गरि पूंजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदे बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल गरिएको जानकारी दिए। उनका अनुसार अर्थमन्त्रीले आफु पूंजीबजारको दिगो बिकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसंगै पुरा गरिने विश्वास दिलाएका छन् ।

कार्यदलले शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाईएको सिमा पूर्ण रुपमा हटाउनु पर्ने,  लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने, र पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकि कामहरु तत्काल गर्नु पर्ने माग राखेको छ ।

यी ३ मागहरु सम्पन्न भई पुँजी बजार सम्बन्धि नीति, नियम, प्रविधि , र पूर्वाधारको सुनिश्चितता नभएसम्म एकतावद्द र सामुहिक ढंगले लागिरहनको लागि अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल गठन भएको हो। कार्यदलमा लगानीकर्ताका सबै संघसंस्थाहरुको प्रतिनिधित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved