एक्सेलको अवितरित हकप्रद आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 08:41:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले हकप्रदमा अवितरित शेयर आज मङ्सिर २९ गतेदेखि लिलाम बिक्रि खुला गरेको छ ।  कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका सर्वसाधारण समुहका  २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म लिलाम गर्न लागेको हो।  

लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा आवेदन दिन सकिने छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु: नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीमा आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेलाई पहिला शेयर वितरण गरिने छ भने त्यसपछि शेयर बाँकि रहेसम्म क्रमश दोस्रो , तेस्रो , चौथो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने छ । शेयर बाँकि रहँदा सम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।  

 कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म हकप्रद निष्काशन गरेको हो । कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रदमा ६ हजार १ सय ८० जना आवेदकबाट २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ कित्ता शेयरको लागि आवेदन परेकोले सोहि बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  आवेदन नपरेको २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता लिलामीमा आएको हो।     

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved