नेप्सेमा ३ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 08:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १ गते ३ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेका सपोर्ट लघुवित्त, वोमी लघुवित्त र सुर्योदय लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।  मङ्सिर २९ गते २९ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको लाभांश पाउन सक्ने छन् । 

सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७६९.२३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३०० रुपैयाँ रहेको थियो ।

सुर्योदय लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४२७.५० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७१३ रुपैयाँ रहेको थियो । वोमी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४०.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०९ रुपैयाँ रहेको थियो । मर्जर सम्झौता गरेकोले ओमी र सुर्योदय लघुवित्तको कारोबार भने रोक्का छ  । 

सपोर्ट लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १० गते साधारणसभा आह्वान गरेको छ । 

त्यस्तै वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  ले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रहेको छ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ।

साथै सूर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha  ले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ४ करोड ९६ लाख ८ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी २४ करोड ८० लाख ४२ हजार ९ सय २५ रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved