२ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 08:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १ गते बिहिबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  । साधारणसभा प्रयोजनको लागि पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कमपनीको साधारणसभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले  पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : 

सामान्य प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।)

५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने ।

 विशेष प्रस्तावहरुः

१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने ।

२. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।

३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने।

४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धी
आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

 प्रभु बैंक Prabhu Bank Limited ले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्ताव

१. आ.व.२०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३. बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व.२०७७/०७८ को वित्तीय विवरण सहितको एकिकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

४.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को ०.६३ प्रतिशतले हुने रु.७१६,६५,६२५/- (रु.सात करोड सोह लाख पैसट्ठी हजार छ सय पच्चीस मात्र) कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने । 

विशेष प्रस्ताव 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को १२ प्रतिशतले हुने रु.१,३६,१६,४६,८७६/- (रु.एक अर्व छत्तीस करोड सोह लाख छयालीस हजार आठ सय छयहत्तर मात्र) बराबरको बोनस शेयर वितरण गर्ने तथा बोनस शेयर वितरणका कारणले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

२. वैकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

३, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने /गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. प्रबन्धपत्र, नियमावलीका विभिन्न दफा/नियम संसोधन गर्ने ।

५. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।


सनराइज बैंक Sunrise Bank Limited  ले पुस १५ गते बिहिबार बालुवाटार स्थित आम्रपालि ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्ताव :

१. अध्यक्षज्यको मन्तव्य सहतिको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंक तथा बैंकको सहायक कम्पनी साइज क्यापिटल लिमिटेडको आ व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने । (वर्तमान लेखापरीक्षक चार्टर्ड एकाउण्टेण्ट श्री गोपाल प्रसाद राजबाहक (जी.पी, राजबाहक एण्ड कम्पनी) पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ)।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम रु. ३,३२,०७८०५/७५ (अक्षरेपी तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ र पैसा पचहत्तर मात्र। (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि वितरण गर्न स्वीकृत गर्ने ।


 विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम रु. ६३,०९,४८,३०९/२१ (अक्षरेपी त्रिसट्टी करोड नौ लाख अड्चालीस हजार तीन सय नौ रुपैयाँ र पैसा एक्काईस मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।

२. बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई निम्नानुसार बृद्धि गरी प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

क) हालको अधिकृत पूँजी रु १०००,००,००,०००/- (अक्षरेपी दश अर्ब रुपैयाँ मात्र लाई बृद्धि गरी रु. १५,००,००,००,०००/- (अक्षरेपी पन्ध अर्ब रुपैयाँ मात्रः पुर्याउने।

ख) बोनस शेयर वितरणबाट बैंकको हालको जारी तथा चुक्ता पुँजी रु. ९,४८,७९,४४,४९९/३९ (अक्षरेपी नौ अर्ब अड्चालीस करोड उनानअस्सी लाख चौवालीस हजार चार सय उनान्सय रुपैयाँ र पैसा उनान्चालीस मात्र लाई बृद्धि गरी रु. १०,११,८८,९२,८०८.६० (अक्षरेपी दश अर्ब एघार करोड अठासी लाख बयानब्बे हजार आठ सय आठ रुपैयाँ र पैसा साट्टी मात्र) पुर्याउने ।

३. नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा संचालकले संचालक समितिको वैठकमा उपस्थित भए बापतको भत्ता तथा संचालक समितिका सदस्यहरुका लागि भारत बाहेकका मुलुकमा भ्रमण गर्दा प्रदान गरिने दैनिक भ्रमण भत्ता तथा मोबाईल टेलिफोन पत्रपत्रिका खर्च वापत मासिक रकम बृद्धि गर्न नियमावलीको सम्बन्धित नियममा संशोधन गर्न स्वीकृत गर्ने ।

४. सन्राइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

५. बैंकको प्रबन्धपत्र नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि। कनै फेरबदल, थपघट गर्न निर्देशन वा सझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved