समृद्धि फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 09:11:06 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।

यस संगै अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved