गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 09:21:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited को ऋणपत्रमा आवेदन दिने आज पुस १ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो ।

 बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो ।  जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ । एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । 

नेपाल धितोपत्र बोर्डले बैंकलाई कार्तिक १७ गते ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved