प्रचण्डले भने ' म लाखौ शेयर लगानीकर्ताको हितमा छु, ओली दलाल पूँजीपति वर्गको एजेण्ट हुन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 09:36:02 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आफ्नो पार्टी लाखौ शेयर लगानीकर्ताको हितमा रहेको बताएका छन्  । प्रचण्डले एक विज्ञप्ति जारि गर्दै आजको पूँजीवादको चरित्रबारे आफुले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफु समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

उनले दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन शेयर होल्डर जनसमुदायसँग अनुरोध गरेका छन् । उनले माओवादी अध्यक्ष केपी ओलीलाई 'दलाल पूँजीपति वर्गको एजेण्ट' को संज्ञा दिएका छन् ।  प्रचण्डले भनेका छन् 'साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु । '

प्रचण्डले यस अघि  'शेयरमा लगानी गर्नु साम्राज्यवादको विकसित रुप, यो बिरुद्द लड्नु छ' भन्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए 'धितोपत्र बोर्ड, सट्टाबजार. आइएमएफ, विश्व बैंक , एसियाली बैंक साम्राज्यवादका विकसित रुपहरु हुन् । यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडी बढाउने र नाफा सोहोरेर संसारका केहि सिमित पुँजीपतिहरुको हातमा संसार कै धन एकठ्ठा गर्ने, र विश्वका अत्यधिक धेरै , ८० प्रतिशत जनसंख्यालाई भोको नाङ्गो राख्ने प्रणाली हो यो । पुँजीको लगानी अब उत्पादनमा हुदैन, सट्टाबजारमा हुन्छ, धितोपत्रमा हुन्छ, बैंकहरुले पुँजी सिधै घरजग्गा किनबेचमा लगाउछन् । घरजग्गा कारोबारबाट अरवौ अरवौ पैसा थुप्रिने भएकोले विश्वभरी नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। मजदुरको कटौती हुन थाल्यो । अब हामीले यो सँग लड्ने तरिका खोज्नु छ । '

एमाले अध्यक्ष ओलीले ' कुन चाँहि सेयर कारोबारीले चन्दा दिएन होला, अनि सम्राज्यवादको रुप देखे’ भन्दै प्रचण्डमाथि ब्यङ्ग गरेका थिए । ओलीले भनेका थिए '‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए, प्रचण्डले त्योभन्दा पनि बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए , त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ कुनै मतलबै छैन । कुन चाहिँ सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर त्यस्तो भनिदिए ।’

No description available.


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved