थप २ वटा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 08:14:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ  । बोर्डले आज पुस १ गते छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  र कर्पोरेट डेभलपमेन्ट बैंक Corporate Development Bank Limited लाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  । 

छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

धितोपत्र बोर्डले मङ्सिर २९ गते समृद्धि फाइनान्सलाई ५० प्रतिशतको दरले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved