नेपाल हाइड्रो डेभलपर लिमिटेडको लाभांश घोषणा, पुस २८ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 11:30:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer  ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५ सय ७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ९० लाख रहेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।  कम्पनीले पुस २८ गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको अल्गी पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved