सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 12:54:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले ५.७५ प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद गरि कुल ६.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २०७८ आषाढ मसान्तसम्म कायम चुक्ता पुँजी रु. ९,०३,४४,२९,५०२.५०/- मा ५.७५% ले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ र उनान्चालिस पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३०% ले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी रु. दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ र पैसठ्ठी पैसा मात्र) बराबरको नगद लाभांश गरि जम्मा ६.०५% लाभांश वितरण गर्नको लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved