प्रोग्रेशिभ फाइनान्सद्वारा पहिलो पटक लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 01:40:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले  चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ७.० प्रतिशत बोनश शेयर रु.५,६०,०७,०००/- (अक्षरेपी: पाँच करोड साठी लाख सात हजार मात्र) र ०.३६८४ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु. २९,४७,७३६/८४ (अक्षरेपी: उनान्तीस लाख सड्चालिस हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र) गरी कुल लाभांश ७.३६८४ प्रतिशत अर्थात रु.५,८९,५४,७३६/८४ (अक्षरेपीपाँच करोड उनान्नब्बे लाख चवन्न हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र ) वितरण गर्ने   प्रस्ताव गरेको हो ।  

 नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved