नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा गण्डकी प्रदेशमा शेयर साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 02:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेण्ट बैंकिङ Nabil Investment Banking  ले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको शेयर साक्षरता कार्यक्रम  संचालन गर्न शुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम संचालन गरेको हो ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको बताए  ।  उनले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए । 

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved