रिलायन्स फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 01:30:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स Reliance Finance  ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले  संस्थाको चुक्ता पूँजी रु.९१,५६,५७,६६९/- (अक्षरेपी एकानब्बे करोड छपन्न लाख सत्ताउन हजार छ सय उनान्सत्तरी मात्र ) को १५ प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.१३,७३,४८,६५०/३५ (अक्षरेपी तेह्र करोड त्रिहत्तर लाख अठचालिस हजार छ सय पचास पैसा पैतिस) तथा नगद लाभाँश (कर प्रयोजनार्थ) ०.७९ प्रतिशतले हुने रु.७२,२८,८७६/३३ ( अक्षरेपी बहत्तर लाख अट्ठाईस हजार आठ सय छयत्तर पैसा तैतिस ) गरि जम्मा १५.७९ प्रतिशतले हुने रु.१४,४५,७७,५२६/६८ लांभाश प्रदान गर्न प्रस्ताव गरेको हो।

 नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved