एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 01:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले  लाभांश घोषणा गरेको छ। कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८  को लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर बापत ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशले हुने रु. ५,८२,४८,२००/- (अक्षरेपी पाँच करोड बयासी लाख अठचालिस हजार दुई सय रुपैयाँ मात्र) बराबरको ५,८२,४८२ कित्ता बोनस शेयर र सोमा लाग्ने लाभांश कर वापत भुक्तानी गर्नका लागि ०.२६ प्रतिशतका दरले रु. ३०,६५,६९५ - (अक्षरेपी तीस लाख पैंसठ्ठी हजार छ सय पन्चानब्बे मात्र) बराबरको नगद लाभांश वितरण गर्न  प्रस्ताव गरेको हो ।

कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण हुनेछ।  कम्पनीले पुस २९ गतेको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्न  निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved