स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 08:18:22 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज पुस ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि साधारणसभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेकोले आज पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  


लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

क) सामान्य प्रस्तावः

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।

३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने ।

४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी।

ख) विशेष प्रस्तावः

१. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने ।

२. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने ।

३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने ।

४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने ।

५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved