नेप्सेमा साना किसान विकास लघुवित्त र एचआईडिसीएलको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 08:26:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  

एचआईडिसीएलको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २४८.३३ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६८.२० रुपैयाँ थियो । 

त्यस्तै साना किसान लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११७६ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४७० रुपैयाँ थियो । 

एचआईडिसीएलले पुस २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तिसारमा सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर र ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  कम्पनीको सभामा लाभांश वितरण गर्ने, वित्तीय विवरण पारित गर्ने, नाफा नोक्सान विवरण पारित गर्ने, संचालक समितिको प्रतिवेदन पारित गर्ने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक समशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

त्यस्तै साना किसान विकास लघुवित्तले पुस १८ गते काठमान्डौ जावलाखेलमा रहेको  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सभा आह्वान गरेको छ । भामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट   हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : 

 (क) सामान्य प्रस्ताव ः

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७७÷०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७÷०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु समेत छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८÷७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) यस वित्तीय संस्थाको आ.व. २०७७÷७८ को मुनाफाबाट चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को १.३१५७८९४७४ प्रतिशतले हुने नगद लाभांश रु. १,६४,६७,५१२÷९२ बोनस शेयरको कर प्रयोजनको लागि वितरण गर्न समितिको प्रस्ताव पारित गर्ने ।

(ख) विशेष प्रस्ताव ः

(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चालु आ.व. २०७७÷७८ को कारोबारबाट भएको मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पुँजी रु. १,२५,१५,३०,९८२÷०८ को २५ प्रतिशतले हुने रु. ३१,२८,८२,७४५÷५२ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(२) यस वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको जारी र चुक्ता पुँजी क्रमशः रु. १,२५,१५,३०,९८२÷०८ र रु. १,२५,१५,३०,९८२÷०८ मा माथि विशेष प्रस्ताव नं (१) अनुसार वृद्धि गरी जारी र चुक्ता पुँजी क्रमशः रु. १,५६,४४,१३,७२७÷६० र रु. १,५६,४४,१३,७२७÷६० कायम गर्ने र सोही बमोजिम मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा संशोधन गर्ने ।

(३) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यालय) मिति २०७८÷०४÷२२ गतेका दिन का.जि.का.म.न.पा. वडा नं. ३२, सुविधानगर, तीनकुने काठमाडौँबाट का.जि.का.म.न.पा. वडा नं. ११, बबरमहल, काठमाडाँै स्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएकोले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा २ को उपदफा (१) र नियमावलीको नियम २ उपनियम (१) मा सोही बमोजिम हुने गरी ठेगाना संशोधन गर्ने ।

(४) नियमावलीको नियम २९ (सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था) को उपनियम (१) खण्ड (ख) र उपनियम (१) खण्ड (ग) को भाग (अ) संशोधन गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved