एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई आजबाट खरीद बिक्रि गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 09:19:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आजबाट खरीद बिक्रि गर्न सकिने भएको छ  ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड - इ (NMB Saral Bachat Fund - E) नामक खुलामुखी योजनाको इकाईहरु आज पुस ५ गते सोमबारबाट खरीद बिक्रि गर्न सकिने भएको हो ।

क्यापिटलका अनुसार हालको लागि क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रिको ब्यबस्था मिलाईएको छ।आइतबार देखि बिहीबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्रि हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार  शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद/बिक्री बन्द रहनेछ । 

यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । 

न्याभको आधारमा इकाई किनबेच हुने छ ।  खुलामुखी योजना भएकोले यसको कारोबार नेप्सेमा हुदैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved