नेप्सेमा २७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 02:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को १० प्रतिशतले हुन आउने २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर हरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकको साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  ०.५२६३  प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार १ सय १८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved