८८ लाख ७६ हजारको एसयुभी गाडी किन्दै धितोपत्र बोर्ड, लक्ष्मी इन्टरकन्टिनेन्टलले पायो ठेक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 09:26:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एउटा एसयुभी गाडी खरीदको लागि ठेक्का प्रक्रिया टुंगो लगाएको छ । बोर्डले बोर्डको कार्यालय प्रयोजनको लागि भन्दै एउटा एसयुभी गाडी खरीदको लागि टेन्डर आह्वान गरेको थियो । 

बोर्डलाई उक्त गाडी सप्लाई गर्ने जिम्मा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै भन्दा कम रकम अर्थात् ८८ लाख ७६ हजार कबुल गरेकोले सार्वजनिक खरीद ऐन तथा धितोपत्र बोर्ड खरीद नियमावलीको ब्यबस्था बमोजिम लक्ष्मी इन्टरकन्टिनेन्टललाई ठेक्का प्रदान गरिएको बोर्डले जनाएको छ।

बोर्डमा  भिष्मराज ढुंगाना हुदै खेरि उनले आफुले चढ्नको लागि नयाँ एसयुभी खरीद गर्ने प्रकिया अगाडी बढाएका थिए । यसको लागि गत असार २९ गते नै बोर्डले टेन्डर खुलाएको थियो । सरकारले बोर्ड अध्यक्ष ढुंगानालाई बर्खास्त गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved