एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतना कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 12:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा पुस ३ गते लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक  कार्यक्रम आयोजना गरेको हो ।

 कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेको कम्पनीले जनाएको छ।

 उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ । यस अघि यस्तै अन्र्तकृया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved