नेप्सेमा २ वाणिज्य बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन, कसको कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 08:26:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस ७ गते बुधबार ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको हो । एनएमबि बैंक, नेपाल एसबिआइ  बैंक , गणपति लघुवित्त र छिमेक लघुवित्तले  साधारणसभा प्रयोजनको लागि लागि आज पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आज मूल्य समायोजन भएको हो  ।  आज पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

एनएमबि बैंकको १२.५० प्रतिशत बोनसमा मुल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३६.३६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३७८.४० रुपैयाँ थियो । 

नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनसमा मुल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३४४.८३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५६.९० रुपैयाँ थियो । 

गणपति लघुवित्तको १९ प्रतिशत बोनसमा मुल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११७४.७९ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३९८ रुपैयाँ थियो । 

छिमेक लघुवित्तको २७ प्रतिशत बोनसमा मुल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२४०.०८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५७४.९० रुपैयाँ थियो । 

कसको साधारणसभा कहिले ?

एनएमबि बैंक NMB Bank Limited ले पुस २२ गते बिहिबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । 

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.५०  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

क) सामान्य प्रस्तावः
१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात र आव. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने (सहायक कम्पनीहरू एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय विवरणहरू समेत).

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने (हालका लेखापरीक्षक देव एशोसिएट्स र केएमयु एण्ड एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स संयुक्त रूपमा पूनः नियूक्त हुनका लागि योग्य हुनुहुन्छ ।),

४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चुक्ता पूँजी रू.१६,३२,५९,६०,८५२/६६ को ३३० प्रतिशतका दरले हुन आउने रू.५३.८७,५६,७०८/१४ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरणको लागि स्वीकृत गर्ने ।

ख) विशेष प्रस्तावः

१. बैंकको वर्तमान जारी पूँजी रू.१६,३२,५९,६०,८५२/६६ (अक्षेरेपि सोइ अरब बत्तीस करोड उनन्साठी लाख साठी हजार आठ सय बाउन्न र पैसा छैसठ्ठी मात्र) बाट बृद्धि गरी रू.१८,३६,६७,०५,९५९/२४ (अक्षेरेपि अठार अरब छत्तीस करोड सतसठ्ठी लाख पाँच हजार नौ सय उनन्साठी र पैसा चौबीस मात्र) पु-याउन स्वीकृति प्रदान गर्ने,

२. बैंकको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबर चुक्ता पूँजी पुयाउन वर्तमान चुक्ता पूँजीको १२.५० (बाइ दशमलव पाँच शुन्ना) प्रतिशतको दरले हुन आउने रकम रू.२,०४,०७,४५,१०६/५८ बराबरको बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने,

३. वोनस शेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, ४. बैकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने,

५. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने । 


नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले पुस २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 

क) सामान्य प्रस्ताव :
१. आ.व. २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४.संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. १७,१८,३३,७५९.७५ बराबर (चुक्ता पूँजीमा १.८१ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

६. सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३३,२२,७५,२२६.०३ बराबर (चुक्ता पूँजीमा ३.५० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालना गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा/नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३.बैंकले आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,२१,१३,९२२.१७ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तरगत भएको खर्च रु. १,२१,१३,९२२.१७
लाई अनुमोदन गर्ने ।

४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने।

५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

६. विविध (अध्यक्षज्यूको अनुमतिमा)।


गणपति लघुवित्तले साधारणसभा  पुस १७ गते शनिवार तनहुँको दुलेगौडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :  

सामान्य प्रस्तावहरु

सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने । २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आ.ब. २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने । संचालक समितिबाट प्रस्ताव गरिएको रु. १२,७३,५६७.५० (रु. बाह्र लाख त्रिहत्तर हजार पाँच सय सत्सठ्ठी रुपैंया, पैसा पचास मात्र) नगद लाभांश बोनश शेयरको कर प्रयोजनको लागी पारित गर्ने। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७८/२०७९ को कारोवारको लेखापरिक्षण गर्नकोलागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री पि.वाई.सि. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुन: नियक्तिका लागि योग्य ह संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने । सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको मनोनयन समर्थन गर्ने । स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने ।


विशेष प्रस्तावहरु

संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १९ प्रतिशतले हुने रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) बोनश शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने । स्वीकृत बोनस शेयर बमोजिमको पूँजीगत संरचना परिवर्तनका लागी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न वा सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तीक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा Acquisition/Merger सँग सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने ।


छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  ले पुस २३ गते शुक्रबार मकवानपुरको हेटौडा स्थिति होटेल सामना प्रालिमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव प्रस्ताव हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २७ प्रतिशतले हुन् आउने ४९ करोड ४१ लाख  रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ५  करोड ४९  लाख नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८३ करोड  रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


यस्ता छन् सभामा पेश हुने प्रस्ताव 

(क) सामान्य प्रस्ताव :

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने।

४) सञ्चालक समितिले सिफारिस गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८३,००,००,०००/- (अक्षरेपी एक अर्ब त्रियासी करोड) को ३ प्रतिशतले हुन आउने रकम रु.५,४९,००,०००/(अक्षरेपी पाँच करोड उनन्पचास लाख मात्र) नगद लाभांश (वोनश शेयरमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

५) सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१) सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८३,००,००,०००/- (अक्षरेपी एक अर्व त्रियासी करोड रुपैया मात्र) को २७ प्रतिशतका दरले हुन आउने र कम रु. ४९,४१,००,०००/- (अक्षरेपी उनन्पचास करोड एकचालिस लाख मात्र) बराबरको बोनश शेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी रु.२,३२,४१,००,०००/- (अक्षरेपी दुई अर्व बत्तिस करोड एकचालिस लाख रुपैया मात्र पुयाउने सम्बन्धि प्रस्ताव स्वीकृत गर्ने ।

२) वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर / प्राप्ती (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्वन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।

३) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ४ खण्ड कड) थप गर्ने ।

४) सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सुविधाहरु वृद्धि थप गर्ने र सोहि बमोजिम नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने।

५) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा नियमहरुको संशोधन स्वीकृत गर्ने जारी र चुक्ता पूँजी वृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको पदाधिकारी) लाई अधिकार दिने ।

(ग) विविध

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved