हिमालयन डिस्टीलरीद्वारा १ सय प्रतिशत लाभांश प्रस्ताव, चुक्ता पुँजी डेढ अर्ब पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 08:39:05 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७ सय ८१ रुपैयाँ २५ पैसा बराबरको  बोनस शेयर र २५ प्रतिशतले हुन आउने २१ करोड ६९ लाख २५ हजार ५ सय ९३ रुपैयाँ ७५ पैसा बराबरको  नगद गरि कुल १ सय प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले पुस २८ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved