यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कति लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 08:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस ८ गते ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका सूर्य लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त तथा पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

यी कम्पनीका आज पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले  पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

क) सामान्य प्रस्तावः

१. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने ।

५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने ।

ख) विशेष प्रस्तावः

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।

२. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने ।

३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।

५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।


ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले पुस २३ गते शुक्रबार नक्साल स्थित लिसारा रिसेप्सनमा सभा आह्वान गरेको छ  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्ताव: 

 १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।

३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालको लेखा परिक्षक टि.आर.उपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको छ।

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश जम्मा रु. १७,३०१७,०२५ (अक्षरेपी सत्र करोड तीस लाख सत्र हजार पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने। 

विशेष प्रस्ताव 

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ११ प्रतिशतले हुन आउने जम्मा रु. ४२,२९,३०,५०६/ (अक्षरेपी बयालिस करोड उनन्तिस लाख तीस हजार पाँच सय छ मात्र) रकम बराबरको बोनश शेयर स्वीकत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।

२. विकास बैंकको हाल कायम अधिकत पंजी रु. ५,००,०000000/- (पाँच अर्ब रुपैया मात्र) लाई बृद्धि गरी रु.८०००००००००/ (आठ अर्ब रुपैयाँ मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

३) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।


एनएमबि लघुवित्तले  पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको छ  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

१. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँ
अठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न
गरिएको छ)।

३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)।

४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

बुटवल पावरले पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । 

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफा हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved